प्रधानमन्त्रीले लगानीकर्ता भेटेको दिन नेप्से ४१.७० अंकले बढ्यो, साढे ५ अर्बको कारोबार हुँदा सूचक २७१९ बिन्दुमा

28
Shares

काठमाडौं । सेयर बजारमा ४१ अंकको सुधार आएको छ । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४१.७० अंक अर्थात् १.५५ प्रतिशतले बढेर २७१९.२४ बिन्दुमा कायम भएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको शुक्रबार पनि सेयर बजारमा ७९.७४ अंकले बढेको थियो । त्यसअघिका तीन कारोबार दिन पनि नेप्से लगातार सकारात्मक बनेको थियो ।

आज नेप्सेमा कुल ५ अर्ब ५१ करोड बराबरको कारोबार भएको छ । गत साताको शुक्रबार भने नेप्सेमा कुल ४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

सोमबार कारोबारमा आएकामध्ये २३९ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।