अग्नि ग्रुपको बालाजु अटोवर्कले ९ महिनामा गर्यो ८२ करोड रुपैयाँको व्यापार

28
Shares

काठमाडौं । अग्नि ग्रुपको बालाजु अटो वर्कले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ८२ करोड रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले गत आवमा १ अर्ब ५ करोड ७० लाख रुपैयाँ, सन् २०२४ मा १ अर्ब ८ करोड ५० लाख रुपैयाँ, सन् २०२३ मा १ अर्ब ८ करोड २० लाख रुपैयाँ, सन् २०२२ मा १ अर्ब ४१ करोड ३० लाख रुपैयाँ र सन् २०२१ मा १ अर्ब १० करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको पुँजी संरचनाको अवस्था सकारात्मक रहेको छ । कम्पनीको गियरिङ ०.६ गुणा रहेको छ । कम्पनीअनुसार चालु आवको ९ महिनाको अवधिमा इक्विटीका कारण गियरिङ सकारात्मक रहेको उल्लेख छ । कम्पनीले गत आवमा ४.२ प्रतिशत सञ्चालन नाफा मार्जिन गरेको छ । कम्पनीको नाफा मार्जिन कम भएकोले ऋणको भार उच्च रहेको छ ।

कम्पनीको कुल ऋण/सञ्चालन नाफा अनुपात ४.५ गुणा रहेको छ । कम्पनीको चालु आवको ९ महिनाको अवधिमा ब्याज भुक्तानी क्षमता अनुपात २.३ गुणा रहेको छ ।

सन् १९५६ मा स्थापना भएको कम्पनी पछि अग्नि ग्रुपले अधिग्रहण गरेको थियो । कम्पनी स्पेयर पार्टस् डिलरको आधिकारिक वितरक हो र महिन्द्र अटोमोटिभको आधिकारिक सर्भिस सेन्टरबाट व्यापार गर्दै आएको छ ।

क्याबिनेट श्रेष्ठको ४१ प्रतिशत, सुसन वैद्य श्रेष्ठको ३२ प्रतिशत र अर्जुनप्रसाद शर्माको २७ प्रतिशत स्वामित्व रहेको कम्पनीको देशभर १७ वटा सर्भिस सेन्टर आफ्‌नै ३५ वटा प्रादेशिक डिलरशीप शाखा छन् । कम्पनीले अल्पकालीन कर्जाका लागि ६३ करोड रुपैयाँको रेटिङ गराएको छ ।