
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले बिहीबार निर्माण क्षेत्रका व्यवसायीसँग छलफल गर्दैछन् । निर्माण क्षेत्रमा देखिएका समस्या, समाधान, निर्माण व्यवहारिक चुनौती तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा निर्माण व्यवसायीसँग प्रधानमन्त्रीले संवाद गर्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साढे ११ बजे हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने सहभागी हुने बताइएको छ।
प्रधानमन्त्रीसँग छलफलका लागि स्पष्ट एजेन्डा सहित जाने तयारी भएको महासंघका महासचिव शिवहरि घिमिरेले जानकारी दिए । उनका अनुसार मूल्यसमायोजन, भुक्तानी, म्यादथप, रुग्ण आयोजना, राइट अफ वे, निर्माण सामाग्रीको क्वारी जोन, निर्माण व्यवसायी ऐन २०५५ को संशोधन लगायतका विषयलाई प्रधानमन्त्रीसँगको छलफलमा राखिने छ ।
सरकारको १०० दिन पुरा भएसँगै प्रधानमन्त्रीले व्यवसायीहरूसँग भेट गर्न थालेका छन् । बुधबार प्रधानमन्त्रीले निजी क्षेत्रका प्रमुख छाता संगठनहरूका प्रतिनिधिसँग भेट गरेर यसको सुरूवात गरेका थिए ।






प्रतिक्रिया