आज पनि घट्यो सुनको मूल्य, कति पुग्यो ?

686
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा दुई हजार ४०० र चाँदी १६० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३४० रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला दुई लाख ८७ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ७५ र चाँदी ५७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।