म्याद थपका लागि पूर्वअर्थमन्त्री पौडेललाई अदालत लगियो


काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेका पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई म्याद थप गर्न विशेष अदालतमा उपस्थित गराइएको छ ।

एमाले उपाध्यक्ष समेत रहेका पौडेललाई सुर्खेतबाट जरुरी पक्राउ पूर्जी जारी गरी काठमाडौं ल्याइएको थियो । उनलाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । म्याद सकिएसँगै उनलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो । सरकारी वकिलले सुरूमा २० दिनको म्याद मागे पनि अदालतले ७ दिनको समय दिएको थियो ।

यसैबीच, पौडेलकी श्रीमती दोमाया पौडेलले दर्ता गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा भोलि दोस्रो सुनुवाइ हुँदैछ । यसअघि न्यायाधीश श्रीकान्त पौडेलको इजलासले सरकारका नाममा ‘कारण देखाउ’ आदेश जारी गरिसकेको छ ।