
काठमाडौं । सम्पत्ति शुद्धीकरणसहित विभिन्न कसुरमा आरोपित दिपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ।
बुधबार अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनीहरूलाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाउन आदेश दिएको हो ।
अदालतले भट्टको घरबाट नियन्त्रणका लिएको जगदम्बा मोटर्सको नाममा रहेको ल्याण्ड रोभर रेन्ज रोभर बागमती प्रदेश ०१-०३३ च ०००१ नम्बरमा दर्ता भएको गाडी जफत गरी कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन निर्देशन दिएको छ ।
साथै, बरामद भएका मोबाइलहरू अदालतको जिन्सीमा राख्न र विदेशी मुद्रा (अमेरिकी डलर र थाइ भाट) नेपाल राष्ट्र बैंक पठाउन आदेश दिइएको छ ।
सुलभ अग्रवालको हकमा भने स्वास्थ्य उपचारको व्यवस्था मिलाउन अदालतले भनेको छ ।
उनीहरूमाथि सम्पत्ति शुद्धीकरण, बैंकिङ कसुर, बीमा ऐन, धितोपत्र र विदेशी विनिमय अपचलनलगायतका आरोपहरू छन् । भट्टसँग २६ अर्ब ६३ करोड र अग्रवालसँग २५ अर्ब ५९ करोड रुपैयाँ बिगो दाबी गरिएको छ।






प्रतिक्रिया