लगातार चौथो दिन घट्यो सेयर बजार, कारोबारमा पनि गिरावट


काठमाडौं । सेयर बजार लगातार चौथो कारोबार दिन पनि घटेर बन्द भएको छ ।

यसअघि लगातार तीन कारोबार दिन घटेको सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार पनि ६.३१ अंकले घटेर २७०५.४५ बिन्दुमा बन्द भएको छ ।

अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से १२.२६ अंकले घटेको थियो भने त्यसअघिका दुई कारोबार दिन बजार घटेको थियो ।

मंगलबार नेप्सेमा कुल ४ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा कुल ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएकामध्ये ८० कम्पनीको सेयर मूल्य बढ्दा १७७ कम्पनीको घटेको छ । यस्तै, १५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

Skip This