
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न स्वास्थ्य परिषद्हरू, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र स्वास्थ्य बीमा बोर्डमा रिक्त रहेका पदाधिकारी पदहरूका लागि दरखास्त आह्वान गरेको छ ।
मन्त्रालयले आज एक सूचना जारी गर्दै सम्बन्धित ऐन तथा नियमावली बमोजिम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूलाई यो सूचना प्रकाशित भएको मितिले १० (दस) दिनभित्र आवेदन पेश गर्न सूचित गरेको हो ।
इच्छुक उम्मेदवारहरूले सिंहदरबारस्थित मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखामा वा मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध लिङ्क मार्फत आवेदन पेश गर्न सक्नेछन् ।
यी हुन् पदाधिकारी माग गरिएका संस्थाहरू:
१. नेपाल आयुर्वेद चिकित्सा परिषद्: अध्यक्ष (१) र रजिस्ट्रार (१)
२. नेपाल स्वास्थ्य अनुसन्धान परिषद्: सदस्य (७) र सदस्य सचिव (१)
३. नेपाल नर्सिङ परिषद्: अध्यक्ष (१), उपाध्यक्ष (१) र रजिस्ट्रार (१)
४. नेपाल स्वास्थ्य व्यवसायी परिषद्: अध्यक्ष (१) र रजिस्ट्रार (१)
५. नेपाल फार्मेसी परिषद्: अध्यक्ष (१) र रजिस्ट्रार (१)
६. नेपाल मेडिकल काउन्सिल: अध्यक्ष (१) र रजिस्ट्रार (१)
७. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र: कार्यकारी निर्देशक (१)
८. स्वास्थ्य बीमा बोर्ड: अध्यक्ष (१) र कार्यकारी निर्देशक (१)
आवेदनका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरू र कार्यविधिको विस्तृत विवरण यहाँ हेर्नुहोस् ।











प्रतिक्रिया