बैंकिङ कसुर मुद्दामा चर्चित सेफ साह जनकपुरबाट पक्राउ

343
Shares

काठमाडौं । चर्चित सेफ सन्तोष साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बैंकिङ कसुरको आरोपमा साहसहित नातामा दाई पर्ने नारायण साहलाई शुक्रबार राति जनकपुरको रामानन्द चोकबाटबाट पक्राउ गरेको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको समन्वयमा साहलाई पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन् ।

साहमाथि काठमाडौंको गैरीधारामा अवस्थित एक रेष्टुरेन्ट खरिद गर्ने क्रममा आर्थिक अनियमितता र बैंकिङ कसुर गरेको अभियोग लागेको छ ।

प्रहरीका अनुसार, साहले उक्त रेष्टुरेन्ट १ करोड ३० लाख रुपैयाँमा खरिद गर्ने सम्झौता गरेका थिए ।

तर, खरिद पश्चात् बुझाउनुपर्ने बाँकी रकम भुक्तानी नगरेको र लेनदेनमा विवाद देखिएपछि उनीविरुद्ध उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई कानुनी प्रक्रिया अगाडि बढाउन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।