
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका (आईएमईए) सर्भिस पर्फर्मेन्स अवार्ड प्राप्त गरेको छ।
गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत-सम्भार (आफ्टर-सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टिका लागि कम्पनीलाई यो सम्मान दिइएको हो, जसले गाडी बिक्रीभन्दा बढी ग्राहकको अनुभवलाई महत्व दिने हुन्डाईको बुझाइलाई प्रस्ट पार्छ ।
धेरैजसो अटोमोबाइल ब्रान्डहरूले बिक्री र शोरुममा मात्र ध्यान दिँदा लक्ष्मी हुन्डाईले भने बिक्रीपछिको सेवालाई आफ्नो मुख्य शक्तिको रूपमा विकास गरेको छ ।
अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लक्ष्मी हुन्डाईले यसरी ग्राहक सेवाको विश्वस्तरीय मापदण्ड कायम गरेर पुरस्कार जित्नु देशकै लागि गौरवको क्षण भएको कम्पनीले जनाएको छ ।
कम्पनीले बिक्रीपछिको सेवालाई छोटो अवधिको व्यापार नभई दीर्घकालीन प्रतिबद्धता मान्दै आएको छ । यो ठूलो सफलता सिङ्गो लक्ष्मी हुन्डाई टोलीको निरन्तर मेहनत, लगनशीलता र ग्राहकलाई सधैं पहिलो प्राथमिकतामा राख्ने साझा प्रयासको नतिजा भएको कम्पनीले जनाए ।









प्रतिक्रिया