मन्त्रालय घटेसँगै फेरियो मन्त्रीहरूको कार्यविभाजन, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

854
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेका छन् ।

बिहीबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् पुनर्गठन गरिएको जनाएको हो ।

बुधबार मन्त्रिपरिषद् बैठकले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ स्वीकृत गरेसँगै २२ को संख्यामा रहेका मन्त्रालय मध्ये ५ वटा अन्य मन्त्रालयमा विलय हुँदा १८ वटा मन्त्रालय बनेसँगै मन्त्रीहरूको कार्यविभाजन पनि हेरफेर भएको हो।

२०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्लाई हेरफेर गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै मातहतमा रक्षा, गृह, र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय राखेका छन् ।

मन्त्रिपरिषद्को कार्यविभाजन यस्तो छ

१. बालेन्द्र शाह: प्रधानमन्त्री (रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन)
२. डा. स्वर्णिम वाग्ले: अर्थ मन्त्री
३. शिशिर खनाल: परराष्ट्र मन्त्री
४. विराज भक्त श्रेष्ठ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
५. सुनिल लम्साल: पूर्वाधार विकास मन्त्री
६. सोविता गौतम: कानून, न्याय तथा संसदीय मामिला मन्त्री
७. सीता बादी: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री
८. प्रतिभा रावल: भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री
९. निशा मेहता: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री
१०. सस्मित पोखरेल: शिक्षा तथा खेलकुद मन्त्री
११. खडक राज पौडेल: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
१२. डा. विक्रम तिमिल्सिना: सूचना तथा सञ्चार मन्त्री
१३. गिता चौधरी: कृषि, वन तथा पर्यावरण मन्त्री
१४. गौरी कुमारी: उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री