चौथो सांग्रिला साइकल र्‍याली शनिबार हुँदै

42
Shares

काठमाडौं । चौथो सांग्रिला साइकल र्‍याली  आगामी  शनिबार आयोजना हुने भएको छ ।

विश्व वातावरण दिवसको अवसर पारेर आयोजना हुँदै आएको सांग्रिला साइकल र्‍याली यसपटक जेठ २३ गते शनिबार आयोजना गर्न लागिएको हो । 

र्‍याली , काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनबाट शुरु भइ दरबार मार्ग, सुन्धारा, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, रातोपूल, जैन भवन, सांग्रिला डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालय बालुवाटार हुँदै एलिस रिसप्सेन गैरीधारामा पुगेर समापन हुने छ । 

बिहान ७ बजे शुरू हुने र्‍यालीमा सहभागी हुन ह्वाट्स नम्बर ९८६३५८९००१ मा रजिस्ट्रेसन लेखी पठाएर वा https://wa.me/message /3EHCI74Z2DQAK1लिंकमा गएर वा तस्बिरमा रहेको क्यूआर कोडमा स्क्यान गरेर नाम दर्ता गराउन सकिने छ । 

र्‍यालीमा सहभागीमध्ये एक जनालाई गोलाप्रथाबाट आकर्षक साइकल तथा अन्य विभिन्न उपहार प्रदान गरिनेछ । 

वातावरणको संरक्षणका साथै साइकल संस्कृतिको विकासमा सहयोग पुयाउने उद्धेश्यले बैंकले यसअघि पहिलो, दोस्रो र तेस्रो साइकल र्‍याली  आयोजना गरिसकेको छ ।