नेपाली बजारमा विद्युतीय एसयुभी ल्याउने तयारीमा जीडब्ल्यूएम

98
Shares

काठमाडौं । ग्रेट वाल मोटर्सले नेपाली बजारमा विद्युतीय एसयूभी ल्याउने तयारी गरेको छ । 

विश्वका १७० भन्दा बढी देश तथा क्षेत्रहरूमा आफ्नो उपस्थिति विस्तार गरिसकेको जिडब्ल्यूएमले नेपालका लागि नयाँ पुस्ताको अत्याधुनिक विद्युतीय एसयूभी सार्वजनिक गर्ने तयारी गरेको हो । कम्पनीले हालसम्म उक्त मोडलको औपचारिक घोषणा भने गरिसकेको छैन ।

प्राप्त जानकारीअनुसार, आगामी विद्युतीय एसयूभीमा करिब ५२० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज, स्मार्ट डिजिटल टेक्नोलोजी, अत्याधुनिक सुरक्षा प्रणाली तथा सहज र आधुनिक ड्राइभिङ एक्सपेरियन्स प्रदान गर्ने विभिन्न सुविधाहरू समावेश हुने छ ।

साथै आकर्षक डिजाइन, प्रिमियम बाह्य संरचना, विशिष्ट लाइटिङ सिग्नेचर तथा आधुनिक सौन्दर्यशास्त्रले यसलाई सडकमा अलग पहिचान दिने विश्वास गरिएको छ ।

विशेष रूपमा यसको बहु–तह सुरक्षात्मक कोटिङ टेक्नोलोजी युक्त बाह्य सतहले सानातिना स्क्राचहरूलाई सूर्यको तापबाट स्वाभाविक रूपमा पुनःस्थापित गर्न सक्ने क्षमता प्रदान गर्ने चर्चा पनि बजारमा भइरहेको छ । यसले गाडीको सौन्दर्य र चमकलाई दीर्घकालसम्म कायम राख्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

जीडब्ल्यूएमले विश्व बजारमा इलेक्ट्रिक मोबिलिटी, स्मार्ट कनेक्टिभिटी, सुरक्षित यात्रा तथा ग्राहक केन्द्रित ‘इन्नोभेसन’मार्फत आफ्नो छुट्टै पहिचान स्थापित गर्दै आएको छ ।