निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीको गाडी सरकारले लियो फिर्ता

770
Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले सरकारी गाडी फिर्ता गरेकी छिन् । कार्कीले शुक्रबार दिउँसो गाडी फिर्ता गरेकी हुन् ।

गृह मन्त्रालयले कार्कीलाई पूर्व प्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्री मध्ये एकको सुविधा लिन अनुरोध गरेपछि कार्कीले गाडी फिर्ता गरेकी हुन् । गृह मन्त्रालय स्रोतका अनुसार पूर्वप्रधानमन्त्रीलाई गाडीको सुविधा छैन । कार्कीलाई सुरक्षा सुविधा पनि एकतिरको मात्र लिन भनिएको स्रोत बताउँछ ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीस सिफारिसमा बालेन सरकारसँग असन्तुष्टि जनाएको भोलिपल्टै गाडी फिर्ता गरिएको हो ।

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि गाडि फिर्ता गरिसकेका छन् ।