प्रधानन्यायाधीशमा चौथो वरियताका मनोजकुमार शर्मा सिफारिस

2.5k
Shares

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा मनोज कुमार शर्मा सिफारिस भएका छन् । बिहीबार बसेको संवैधानिक परिषदको बैठकले चौथो वरियताका न्यायाधीश शर्मालाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले संवैधानिक परिषद्को बैठक राखेका थिए । संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेनले बिहीबार ५ बजेका लागि बैठक बोलाएको थिए।

प्रधानन्याधीशमा सिफारिस शर्माको अब संसदीय सुनुवाई हुनेछ ।

अध्यादेशमार्फत् ६ सदस्यिय संवैधानिक परिषदको बैठक ४ जनामा कोरम पुग्ने र ६ नै जना उपस्थित भए पनि प्रधानमन्त्रीसहित ३ जनाले नै बहुमत पुग्ने गरी परिषद्को व्यवस्था संशोधन गरिएको छ ।

सर्वोच्चको अदालतको इतिहासमा ३ जना वरिष्ठतम न्यायाधीशलाई छाडेर चौथो वरियताका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो पल्ट हो । वरिष्ठताका आधारमा शर्माभन्दा अगाडि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल रहेका छन् । शर्मा ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।