अष्ट्रेलियाको जुलाई इन्टेकका लागि भिसा स्वीकृति दरमा उल्लेख्य वृद्धि, आवेदन दिने ७०% लाई भिसा

322
Shares

काठमाडौं । अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने नेपाली विद्यार्थीहरूको भिसा स्वीकृति दरमा पछिल्लो समय उल्लेख्य सुधार आएको छ । विशेषगरी जुलाई इन्टेकका लागि आवेदन दिने विद्यार्थीहरूमा भिसा पाउने सम्भावना उच्च रहेको तथ्याङ्कले देखाएको छ ।

गत मार्च २०२६ मा २७ देखि ४० प्रतिशतको हाराहारीमा रहेको भिसा स्वीकृति दर मे महिनासम्म आइपुग्दा ७० प्रतिशतभन्दा माथि पुगेको छ ।

अष्ट्रेलियाले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरे पनि उत्कृष्ट शैक्षिक प्रोफाइल, पर्याप्त तयारी र सही कागजात भएका विद्यार्थीहरूका लागि अवसर अझै बलियो रहेको देखिएको छ ।

अष्ट्रेलियाले हाल विद्यार्थी भिसामा ‘जेन्युइन स्टुडेन्ट’ सम्बन्धी मापदण्डलाई कडाइका साथ लागू गरिरहेको छ । यसअन्तर्गत आवेदकको अध्ययनको वास्तविक उद्देश्य, शैक्षिक योजना तथा आर्थिक तयारीलाई विशेष महत्व दिने गरिएको छ । जानकारहरूका अनुसार सही कागजात, स्पष्ट वित्तीय अवस्था तथा उपयुक्त कोर्सको छनोटले भिसा स्वीकृतिमा निर्णायक भूमिका खेल्ने गरेको छ ।

शैक्षिक परामर्श क्षेत्रका जानकारहरूका अनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको प्रारम्भिक आवेदन अवधिमा भिसा स्वीकृतिको सम्भावना तुलनात्मक रूपमा बढी रहने देखिएको छ । त्यसैले अष्ट्रेलियामा अध्ययन गर्ने लक्ष्य राखेका विद्यार्थीहरूलाई समयमै योजना बनाउन र आवश्यक तयारी पूरा गर्न सुझाव दिइएको छ ।

अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि जुलाई इन्टेकमा भिसा स्वीकृतिदर उच्च रहेको युनिक्याम्पस ग्लोबलको तथ्यले पनि देखाउँछ । युनिक्याम्पस ग्लोबलका अनुसार जुलाई इन्टेकका लागि आवेदन दिएका विद्यार्थीहरूमा उच्च भिसा स्वीकृति दर हासिल भएको छ ।