
काठमाडौं । सरकारले भारतसँग जिटुजीमार्फत रासायनिक मल खरिद गर्ने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६० हजार टन युरिया र २० हजार टन डीएपी मल जिटुजी मार्फत खरिद गर्नका लागि कृषि सामाग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक सहमति दिएको सरकार प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
त्यस्तै सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण तथा ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउन र वायु गुणस्तर मापन क्षमता बढाउने प्रयोजनका लागि विश्व ऋण र अनुदान स्वीकार निर्णय भएको प्रवक्ता सस्मित पोखरेलले बताए ।









प्रतिक्रिया