नेप्सेले फिर्ता बोलाएसँगै सीडीएसीले पनि पन्दाकलाई हटायो

392
Shares

काठमाडौं । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको कार्यकारी प्रमुखबाट प्रवीन पन्दाकलाई हटाइएको छ । सोमबार बसेको लिमिटेडको बोर्ड सञ्चालक समिति बैठकले उनलाई पदबाट हटाएको हो ।

गत शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सञ्चालक समितिको बैठकले उनलाई सीडीएससीबाट फिर्ता बोलाउने निर्णय गरेको थियो । साेहीअनुसार पन्दाकलाई सीडीएससीबाट हटाउने निर्णय भएकाे हाे ।

पन्दाकलाई हटाएसँगै कायममूकायमकाे जिम्मेवारी कन्चन सापकोटालाई दिइएको छ । नेप्सेको सहायक कम्पनी रहेको सीडीएससीमा सञ्चालक र कार्यकारी प्रमुख रहेकी थिइन् ।

अन्तराष्ट्रिय अभ्यास विपरित बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीका लागि पनि दुई वटा आइजिन लगाउने तयारी गरेसँगै पन्दाकको चौतर्फी आलोचना भएको थियो ।