भारु १०० बराबर नेरु १६० सटही दर फेर्नु कतिको उपयुक्त

0
Shares

काठमाडौं । नेपालले तीन दशकदेखि भारतीय रुपैयाँ (भारु)सँग आफ्नो मुद्रा नेपाली रुपैयाँ (नेरु) फिक्स दर (स्थिर विनिमय दर)मा बाँधेको छ । अर्थात् फिक्स्ड एक्स्चेन्ज रेट कायम गर्दै आएको छ । यो भनेको विनिमय बजारमा जस्तो सुकै परिवर्तन आए पनि, महँगी बढेपनि, व्यापार घटबढ भएपनि, डलरको विनमयदर बढेपनि भारतीय रुपैयाँको एक्सचेञ्ज दर परिवर्तन हुँदैन भन्ने हो ।

सन् १९९३ देखि भारु १०० बराबर १६० नेरुको दर कायम हुँदै आएको छ । नेपालसँग अन्य विदेशी मुद्राको विनिमयदर परिवर्तन भएपनि भारतीय मुद्राको विनिमय दर परिवर्तन् हुँदैन ।

तर, पछिल्लो समय भारतीय मुद्रासँग नेपाली रुपैयाँको स्थिर विनिमयदरको व्यवस्था परिवर्तन गर्नुपर्ने विषयहरु उठिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो बाचापत्रमै भारुसँगको स्थिर विनिमयदर प्रणाली पुनरावलोकन गर्ने विषय राखेर चुवावमा होमिएको थियो ।