अमेरिकी आक्रमणमा इरानका रक्षामन्त्री र सेनाप्रमुख पनि मारिएको दाबी

336
Shares

एजेन्सी । इरानको सरकारी समाचार एजेन्सी इर्नाले शनिबार इरानमाथि भएको अमेरिका–इजरायलको आक्रमणमा सशस्त्र बलका चिफ अफ स्टाफ अब्दुल रहिम मौसावी र रक्षामन्त्री अजिज नासिरजादेह मारिएको जनाएको छ ।

इरानले सर्वोच्च नेता अली खमेनी, उनका सुरक्षा सल्लाहकार अली शामखानी र आईआरजीसीका कमान्डर–इन–चिफ मोहम्मद पाकपुरको हत्या भएको पनि पुष्टि गरेको छ ।

इर्नाले सशस्त्र बलका थप कमान्डरहरू पनि मारिएको र उनीहरूको नाम पछि घोषणा गरिने जानकारी दिएको छ ।

Skip This