इरानको क्षेप्यास्त्र प्रहारले इजरायलमा कुनै हताहती नभएको दाबी

98
Shares

एजेन्सी । मध्य र दक्षिणी इजरायललाई लक्षित गर्दै प्रहार गरिएका इरानका धेरै ब्यालिस्टिक मिसाइलहरूले आवासीय क्षेत्रहरूमा कुनै पनि प्रहार गरेको वा कसैलाई प्रत्यक्ष चोटपटक लागेको रिपोर्ट नआएको द टाइम्स अफ इजरायलले चिकित्सकहरूलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ ।

म्यागेन डेभिड एडोम अस्पतालले बम शेल्टरतर्फ दौडिने क्रममा लडेर सामान्य चोटपटक लागेका मानिसहरूको उपचार गरिरहेको जनाएको छ ।

यसैबीच, आईडीएफ होम फ्रन्ट कमान्डले साइरन बजेका अधिकांश क्षेत्रका सर्वसाधारणहरू अब बम शेल्टरबाट बाहिर निस्कन सक्ने तर अझै पनि त्यसको नजिकै रहनुपर्ने बताएको छ ।

Skip This