
काडमाडौं । बोलिभियाको एल अल्टो सहरमा वायुसेनाको हर्कुलस विमान शनिबार बिहान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।
रोयटर्सअनुसार, खराब मौसममा अवतरण गरेपछि विमान धावनमार्गबाट चिप्लिएर नजिकैको व्यस्त सडकमा पुगेको हो। जसका कारण विमान सडकमा पार्क गरिएका दशदेखि पन्ध्रसम्म सवारीसाधनमा ठोकिन पुग्यो।
विमानको भग्नावशेष, क्षतिग्रस्त कार र शवहरू सडकमा छरिएका थिए।
उक्त विमानले देशको केन्द्रीय बैंकबाट नयाँ नोट लिएर आएको थियो। दुर्घटनापछि विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।









प्रतिक्रिया