चीनले गर्यो दक्षिण चीन सागरमा गस्ती, फिलिपिन्सले शान्ति भंग गरेको आरोप

70
Shares

एजेन्सी । चीनको सेनाले फेब्रुअरी २३ देखि २६ सम्म दक्षिण चीन सागरमा नियमित गस्ती गरेको शुक्रबार बताएको छ ।

यस क्षेत्र बाहिरका देशहरूसँग मिलेर संयुक्त गस्ती आयोजना गरी शान्ति र स्थिरतालाई खलबल्याएको भन्दै उसले फिलिपिन्समाथि आरोप लगाएको छ ।

सेनाको दक्षिणी थिएटर कमान्डले चीनको क्षेत्रीय सार्वभौमसत्ता र सामुद्रिक अधिकार तथा हितको दृढताका साथ रक्षा गर्ने र क्षेत्रीय शान्ति र स्थिरतालाई मजबुतीका साथ कायम राख्ने प्रवक्ता झाई शिचेनले एक विज्ञप्तिमा भनेका छन् ।

सैन्य सहयोगीहरूबीचको सहकार्य बढाउन यसै साता फिलिपिन्स, अमेरिका र जापानका जलसेनाहरूले दक्षिण चीन सागरमा एकसाथ अभ्यास गरेको फिलिपिन्सको सशस्त्र बलले शुक्रबार बताएको छ ।