पूर्व पर्यटन सचिव घिमिरेलाई डेढ धरौटीमा छोड्न आदेश

259
Shares

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव सुशील घिमिरेलाई धरौटीमा छोड्न विशेष अदालतले आदेश दिएको छ ।

मंगलबार विशेषका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले घिमिरेलाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले घिमिरेविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल को निर्माण लागत अस्वाभाविक रूपमा बढाएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

अभियोग अनुसार घिमिरेले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति अध्यक्षको हैसियतमा चिनियाँ कम्पनी चाइन एएमसी इन्जिनियरिङसँग मिलेमतो गरी लागत अनुमान ७ करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलर—नेपाली रुपैयाँमा करिब ८ अर्ब ३६ करोड ७३ लाख २५ हजार २९७—बढी देखाएको आरोप छ।