अमेरिका र रुसबीच उच्चस्तरीय सैन्य वार्ता हुने

77
Shares

एजेन्सी । अमेरिकी सेनाले वाशिङटन र मस्कोबीच बिहीबार उच्चस्तरीय सैन्य संवाद पुनः सुरु गर्ने सहमति भएको जनाएको छ ।

संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबु धाबीमा भएको वार्तापछि निलम्बन भएको चार वर्षभन्दा बढी समयपछि यो सहमति भएको हो ।

युनाइटेड स्टेट्स युरोपियन कमान्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘संवादको यो माध्यम सन् २०२१ को शरद ऋतुमा द्वन्द्व सुरु हुनु ठीक अघि निलम्बन गरिएको थियो ।’

यहाँ द्वन्द्व भन्नाले युक्रेनमाथि रुसको आक्रमणलाई जनाइएको हो ।

अमेरिकी सेनाको युरोपियन कमान्डका कमान्डर जनरल एलेक्सस जी. ग्रिनकेविच र वरिष्ठ रुसी तथा युक्रेनी सैन्य अधिकारीहरू बीच अबु धाबीमा भएको भेटवार्तापछि यो संवाद पुनः सुरु हुन लागेको हो ।

Skip This