शनिवारबाट कोटेश्वरको भाटभटेनी पुनः सञ्चालनमा आउँदै, ११ स्टोरमध्ये अरुकाे तयारी हुँदै


काठमाडौंं । जेनजी आन्दोलनमा क्षति पुगेको भाटभटेनीका विभिन्न ११ स्टोर मध्ये कोटेश्वरको पुनः सञ्चालनमा आउने भएको छ । आगोबाट क्षतिग्रस्त ११ स्टोर अरुकाे भने तयारी भइरहेको छ ।

भाट–भटेनी सुपरमार्केटले जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरूमध्ये पहिलो चरणमा कोटेश्वर सुपर स्टोर पुनः सञ्चालनमा ल्याउने भएको हो ।

माघ २४ गते शनिबार बिहान १०:०० बजेदेखि कोटेश्वरस्थित भाट–भटेनी सुपर स्टोर पुनः सञ्चालनमा आउन लागेको हो । यसले भाट–भटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्ट रूपमा प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ। भाटभटेनीले क्षति पुगेपछि तयार गरेर ५ महिनामै पुन: सञ्चालनमा ल्याएको हो ।

भाटभटेनीका प्रमुख संचालन अधिकृत पानु पौडलले भदौ २३/२४ को घटनाबाट प्रभावित भए तापनि, भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाहरूको सहयोग र विश्वासका कारण छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न सफल भएको जनाए । कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै बाँकी स्टोरहरू पनि चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने जानकारी पौडेलले जानकारी दिए ।

भदौ २४ गते भएको तोडफोड लुटपाट र आग्जनीका कारण भाटभटेनीका १२ स्टोरमा १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो । 

बालुवाटारस्थित गोदाम मंसिर १८ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । भाटभटेनीका १२ वटा स्टोर र मुख्य गोदाम पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

मीनबहादुर गुरुङले २०४१ सालमा भाटभाटेनी मन्दिर छेउमै १० बाई १२ को एउटा सानो कोठामा ३५ हजार रुपैयाँ लगानी गरेर एउटा किराना पसल खोले । सामान्य सटर भाडामा लिएर किराना पसल चलाएका उनले त्यसको एक दशकमै नक्सालमै ३ हजार स्क्वायर फिटको भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याउँदै नेपालमा अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भित्र्याएका थिए ।

Skip This