शिवम् प्लास्टिक इन्डष्ट्रिले एकै वर्ष गर्‍यो पौने २ अर्बको व्यापार


काठमाडौं । शिवम् प्लास्टिक इन्डष्ट्रिले एकै वर्ष पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२५ मा १ अर्ब ४५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ३५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २००० मा स्थापना भएको कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो ।

कम्पनीकाअनुसार गत आवमा २७.२२ प्रतिशतले व्यापार बढेको छ । गत आवमा उच्च परिमाणमा सामग्री बिक्री हुँदा व्यापार उल्लेख्य बढेको हो । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ९२ करोड रुपैयाँको व्यापार गरिसकेको छ ।
कम्पनीले गत आवमा ४.२४ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ४.९४ प्रतिशत नाफा कमाएको थियो । तर, खुद नाफा भने १ प्रतिशतभन्दा कम भएको छ । कम्पनीले सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्ने गरेको रेटिङमा उल्लेख छ।

कम्पनीले पोलिप्रोलिन ओभन फ्याब्रिक उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गरेको उक्त फ्याब्रिक खाद्यान्न प्याकेजिङ, पोलिमर, सिमेन्टका साथै एचडीपीई ओभन टर्पोलिन फ्याब्रिकमा प्रयोग गरिन्छ । कम्पनीले ११ हजार १ सय २५ टन फ्याब्रिक/स्याक्स र ४ हजार ६ सय २० टन टर्पोलिन उत्पादन क्षमता छ ।
गोल्यान ग्रुप अग्रवाल परिवारको स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ५८ करोड ३५ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २४ करोड ३५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ३४ करोड रुपैयाँको रेटिङ गराएको हो ।

Skip This