
काठमाडौं । नेपाली बजारमा मंगलबार(आज) सुनको भाउ बढेको छ ।
लगातार तीन दिन घटिरहेको सुनको भाउ आज तोलामा ३ हजार ७ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँ कायम भएको छ।
आइतबारको तुलनामा सोमबार सुन प्रतितोला १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले बढेर ५ हजार ३ सय ३५ रुपैयाँ कायम छ ।
हिजो सोमबार चाँदी ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया