
काठमाडौं । एसियन कन्क्रिटोले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा २० करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवमा ५८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले सन् २०२४ मा ७३ करोड ७० लाख रुपैयाँ, सन् २०२३ मा ४२ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ३५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार गत आवमा विकास निर्माणको कार्यमा आएको सुस्तता र सप्लाईमा असरमा हुँदा व्यापारमा कमी आएको जनाएको छ ।
कम्पनीले गत आवमा ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा १० करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै चालु आवमा कम्पनीको नाफा घटेको छ । जसमा कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ५.२५ प्रतिशत खुद नाफा कमाएको छ ।
कम्पनीले चालु आवमा भने कारोबारमा केही सुधार आएको उल्लेख छ । चालु आवमा सुधार हुनुको मुख्य कारण कम्पनीका लगानीकर्ताले ११ करोड ३० लाख रुपैयाँ पूँजीगत लगानीका कारण रहेको जनाएको छ । जसमा ८ करोड ३० लाख रुपैयाँ प्रिमियम सेयर समावेश रहेको छ ।
गत डिसेम्बरसम्ममा ३ अर्ब ७ करोड ८० लाख रुपैयाँको अर्डर रहेको छ । जुन गत आवमा गरेको कारोबारको ५.२३ गुणा बढी हो । उक्त अर्डर आगामी २/३ वर्षभित्र सम्पन्न हुने कम्पनीको भनाइ छ । कम्पनीअनुसार कम्पनीको अर्डर स्वदेशी तथा विदेशी रहेको रेटिङमा उल्लेख छ ।
सन् २०१६ मा स्थापना भएको कम्पनी सन् २०२४ मा पब्लिक कम्पनीको रुपमा परिणत गरेको छ । कम्पनीले कन्क्रिट इन्टरलकिङ पेभरर्स, कर्भ स्टोन्स्, पेभिङ स्ल्याब आदि उत्पादन गर्दै आएको छ । कम्पनी वार्षिक १ लाख २० हजार मेट्रिक टन क्षमतामा उत्पादन हुने गरी सञ्चालन भइरहेको छ ।
मनिष रुङ्गटाको २७ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९३ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ ।








प्रतिक्रिया