दुई दिनमा तोलामा ३९ हजार ३ सयले घट्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा आज आइतबार सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

शुक्रबार प्रतितोला २० हजार ५ सय रुपैयाँले घटेको सुनको भाउ आज पुन: १८ हजार ८ सय रुपैयाँले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ३ लाख रुपैयाँ कायम भएको छ ।

यसअघि १५ गते सुनको मूल्य अहिलेसम्मकै महँगो बनेको थियो । उक्त दिन सुन तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । दुई कारोबार दिनमा सुनको मूल्य ३९ हजार ३००ले घटेको हो।

यसैगरी, चाँदीको मूल्यमा पनि ठूलो गिरावट देखिएको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) प्रतितोला ७ हजार ६५ रुपैयाँमा बिक्री भएको चाँदी आज १ हजार ५ सय ६५ रुपैयाँले घटेर ५ हजार ५ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार ८ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Skip This