
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ तोकिएको छ ।
बिहीबार भने सुनको मूल्य अहिलेसम्मकै महँगो हुँदा ३ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज एकैदिन सुन तोलामा २० हजार ५ सय रुपैयाँले घटेको हो ।
आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । आज चाँदी तोलामा ४४० रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलाको ७ हजार ६५ रुपैयाँ तोकिएको छ । बिहीबार चाँदी तोलाको ७ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो ।








प्रतिक्रिया