
काठमाडौं । अम्बिकाप्रसाद पौडेलको लगानी रहेको स्काई टच इन्भेष्टमेन्ट एन्ड कन्सल्टेन्ट प्रालिले एकै वर्ष ८३ करोड बढीको कारोबार गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षम ८३ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो । कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा २२९.४१ प्रतिशतले बढेको छ ।
कम्पनीले सन् २०२४ मा २५ करो ७० लाख रुपैयाँ र सन् २०२३ मा १६ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सेयर लगानी/ट्रेडिङ गर्दै आएको छ । कम्पनीले लगानी गर्ने र विभिन्न सेक्युरिटिजको ट्रेडिङ गर्दै आएको छ ।
कम्पनीले सूचीकृत तथा सूचीकृत नभएका कम्पनीको सेयर र डिभेन्चरको कारोबार गर्दै आएको छ ।
कम्पनीअनुसार गत आवमा ३९ करोड ९० लाख रुपैयाँबाट कर्जा बढेर १ अर्ब २ करोड ९० लाख रुपैयाँ पुगेको जनाएको छ ।
पौडेल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १५ करोड रुपैयाँको रेटिङ गराएको छ ।
कम्पनीले दीर्घकालीन कर्जाका लागि ८ करोड २८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ६ करोड ७१ लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया