
एजेन्सी । रुस र भारतले आउँदो फेब्रुअरी महिनामा हिन्द महासागरको बंगालको खाडीमा संयुक्त जलसैनिक अभ्यास गर्ने भएका छन् ।
रुसको सरकारी समाचार एजेन्सी टासले रुसी म्यारिटाइम कलेजको प्रेस सेवालाई उद्धृत गर्दै बुधबार यसबारे जानकारी दिएको हो ।
टासले उद्धृत गरेको प्रेस सेवाको विज्ञप्ति अनुसार, रुसी जलसेनाको प्यासिफिक फ्लिट (प्रशान्त बेडा) को एउटा फ्रिगेट ओमानको मस्कट बन्दरगाहबाट मिलन–२०२६ अभ्यासमा भाग लिन प्रस्थान गर्नेछ । त्यसपछि त्यसले फेब्रुअरी १८ देखि २५ सम्म भारतीय बन्दरगाह विशाखापट्टनमको अनौपचारिक भ्रमण गर्नेछ ।








प्रतिक्रिया