काठमाडौं धुम्म हुँदा तराई क्षेत्रका विमानस्थल खुला, चारवटा बाहेक सबैमा नियमित उडान


काठमाडौं । काठमाडौं उपत्यका धुम्म हुँदा तराई क्षेत्रका चार बाहेक सबै विमानथल खुला भएका छन । बुधबार विहान ११ बजेसम्म पनि तुम्लिङटार, राजविराज, भैरहवा र सुर्खेत बाहेकका अरु विमानस्थल भने खुला छ ।

काठमाडौंबाट उडान चाप हुने भैरहवा विमानस्थलमा विहानैदेखि लागेको हुस्सुका कारण खुलेको छैन । यात्रु चाप अन्य सुगम क्षेत्रका विमानस्थलको तुलनामा कम चाप पर्ने तुम्लिङटार, राजविराज र सुर्खेत विमानस्थलमा पनि उडान हुन सकेको छैन् ।

काठमाडौं विमानस्थलबाट हुने अरु क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ । काठमाडौंबाट पोखरा, विराटनगर, धगगढी, भद्रपुर, भरतपुरसहितका विमानस्थलमा भने उडान भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ।