महान्यायाधिवक्ताका बारेमा भिडियो बनाएको आरोपमा युवराज सफल पक्राउ

5.1k
Shares

काठमाडौं । अधिवक्ता युवराज सफल पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेको हो ।

महान्यायाधिवक्ता कार्यालय र महान्यायाधिवक्ताका बारेमा तथ्यहिन कुराहरूको भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने युवराज सफल पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता पवनकुमार भट्टराईले उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी झूटो भिडिओ बनाएको साथै अन्तर्वाता दिएको पाइएको र दिएका अन्तर्वार्तामा झूटा आरोप लगाएको बताए ।

युवराज अधिवक्तासमेत हुन् ।