पोखरामा कन्दरा माउन्टेन रिसोर्ट बन्दै, आगामी असोजदेखि सञ्चालनमा ल्याउने तयारी


काठमाडौं । पर्यटकीय नगरी पोखराको अस्तम भिलेजमा कन्दरा माउन्टेन रिसोर्ट निर्माण भइरहेको छ ।

सन् २०२३ मा स्थापना भएको कम्पनीले ४० वटा कोठाको सुविधासहित रिसोर्ट निर्माण गरिरहेको हो ।

कम्पनीकाअनुसार हालसम्ममा रिसोर्टको निर्माण कार्य ३५ प्रतिशत सम्पन्न भइसकेको छ भने २८ प्रतिशत आर्थिक प्रगति भएको छ ।

तीब्र गतिमा निर्माणकार्य भइरहेकाले आगामी असोजबाट रिसोर्ट सञ्चालनमा ल्याउने योजना कम्पनीले बनाएको छ । कम्पनीमा ५ जना बोर्ड सदस्य छन् । पवित्रकुमार कार्की अध्यक्ष रहेको कम्पनीमा अनिल रावल र वीर विक्रमको २५/२५ प्रतिशत स्वामित्व छ ।

कम्पनीले होटल निर्माणका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७३ करोड ३२ लाख रुपैयाँको रेटिङ गराएको छ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ७० करोड ३२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ करोड रुपैयाँको रेटिङ गराएको हो । कम्पनीले लगानीको अनुपात ७०:३० रहेको जनाएको छ ।