
चितवन । संयुक्त अरब इमिरेट्स (साउदी) मा ११ वर्ष काम गरेर फर्किएका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक एक लाख बढी आम्दानी गर्दै आएका छन्।
गैँडाकोट नगरपालिका–६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन सुरु गरेका हुन् । छ वर्षअघि नेपाल फर्किएर करिब एक कट्ठा जमिनमा उनले कालीजपालन सुरु गरेका थिए । १३ लाख लागतमा उनले सो व्यवसाथ सुरु गरेका थिए ।
सुरुमा प्रतिगोटा दुई हजारमा अण्डा किनेर आफ्नै मेसिनबाट कोरलेर पालन गरेका सापकोटाले हाल आफैँ चल्ला बिक्री गर्थे । एउटा चल्ला २०० मा बिक्री हुने गरेको छ भने वार्षिक करिब १० हजार चल्ला बिक्री हुने गरेको नले बताए।
पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म चल्ला बिक्री हुने गरेको छ । पालिएका माउ कालिज प्रतिगोटा दुई हजारदेखि तीन हजारसम्ममा बिक्री हुन्छन् । मासुका लागि पनि उहाँको फार्मबाट कालिज बिक्री हुने गर्दछ । खानाका सौखिनहरूले फार्ममै आएर कालिज लैजाने गर्दछन्। वार्षिक ५०० भन्दा बढी कालिज मासुका लागि बिक्री हुने गरेको छ ।
चल्ला र माउ बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । घरकै उत्पादन गहुँ, मकै, घाँस र थोरै किनिएको दाना कालिजलाई खुवाउने गरिएको छ । सापकोटा बिहान–बेलुका कालिजलाई खाना दिन्छन् भने दिउँसो अन्य काममा लाग्छन् । घर परिवारले व्यवसायमा सहयोग गर्दै आएका छन् ।
सापकोटाले भने, ‘साउदीमा जति कमाई गरेँ, गाउँमै कालिजपालनबाट हुने आम्दानी त्यसभन्दा राम्रो छ । यसले मलाई छुट्टै काम गर्ने अवसर पनि दिएको छ, र मेहनत गरे विदेशमा भन्दा बढी लाभ देशमै लिन सकिन्छ ।’








प्रतिक्रिया