भाषा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)


काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयदेखि दक्षिण कोरिया जान नपाएको भन्दै युवा–युवतीहरूले प्रदर्शन गरेका छन् ।

कृषि तथा पानीजहाज क्षेत्रमा काम गर्न भाषा परीक्षा पास गरेर रोस्टरमा समावेश भए पनि एक वर्षभन्दा बढी समय बितिसक्दा समेत कोरिया जान नपाएको भन्दै उनीहरूले मंगलबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

भाषा तथा सीप परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका व्यक्ति दुई वर्षभित्र रोजगारदाताको छनोटमा नपरे नाम हट्ने व्यवस्था रहेकाले रोस्टरको अवधि दुई वर्ष थप गर्न उनीहरूको माग छ ।