
काठमाडौं । काठमाडौंबाट इस्तानबुलका लागि उड्ने तयारीमा रहेको विमान फेरि पार्किङमै फर्किएको छ । उडान भर्न क्रममा रहेको टर्किश एयरलाइन्सको जहाजलाई धावनमार्गबाट पार्किङ क्षेत्रतर्फ फर्काइएको हो ।
आइतबार मध्याह्न साढे १२ बजे उडान नम्बर टीके–७२७ सो जहाज काठमाडौंबाट इस्तानबुलका लागि उडान भर्नर् तयारीमा थियो । तर प्राविधिक समस्या देखिएपछि फेरि पार्किङमा फर्काइएको विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाको भनाइ छ ।
जहाजले उडान अनुमति पाएर धावनमार्गमा दौडिसकेको अवस्थामा इन्डिकेशन प्रणालीमा समस्या देखिएको संकेत पाइलटले पाएपछि जहाज रोकिएको थियो ।
इन्डिकेशनमा समस्या देखिएपछि दौडिसकेको जहाज आकस्मिक रूपमा फर्काइएको सिटौलाको भनाइ छ ।
प्राविधिक जाँचपछि जहाज फेरि उडानमा जान तयार हुने उनको भनाइ छ ।








प्रतिक्रिया