
एजेन्सी । अमेरिकी सैनिकहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी न्युयोर्क ल्याएपछि उनलाई कहाँ राखिएको छ भनी जिज्ञासा व्यक्त गरिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, मदुरोलाई ब्रुकलिनको मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ ।
उनलाई सोमबार म्यानह्याटन संघीय अदालतमा पहिलोपटक उपस्थित गराइने अपेक्षा गरिएको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
सीबीएस न्यूजले रिपोर्ट गरेअनुसार, मदुरो स्थानीय समयअनुसार शनिबार राति करिब ८ः५२ बजे मेट्रोपोलिटन डिटेन्सन सेन्टर आइपुगेका थिए ।
यही थुना केन्द्रमा र्यापर सीन डिडी सहित धेरै उच्च तहका थुनुवाहरूलाई राखिएको छ । डिडीलाई वेश्यावृत्ति सम्बन्धी आरोपमा दोषी ठहर भएपछि सजाय नसुनाइएसम्म मुद्दाको सुनुवाइका क्रममा त्यहाँ राखिएको थियो ।
हाल टाट पल्टेको क्रिप्टो एक्सचेन्ज एफटीएक्सका संस्थापक स्याम बैंकम्यान–फ्राइडलाई ठगीको आरोपमा दोषी ठहर नगरुन्जेल एमडीसीमा राखिएको थियो । युनाइटेड हेल्थकेयरका सीईओ ब्रायन थम्पसनको हत्याको आरोप लागेका लुइगी मानजियोनलाई पनि त्यहीँ राखिएको छ ।








प्रतिक्रिया