भेनेजुएलाका राष्ट्रपतिविरुद्ध अमेरिकामा मुद्दा चलाइने अमेरिकी सांसदको भनाइ


एजेन्सी । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोविरुद्ध आफ्नै भूमिमा मुद्दा चलाउने रिपब्लिकन पार्टीका सांसद माइक लीले बताएका छन् ।

आफूले अमेरिकाका विदेशमन्त्री मार्को रुबियोसँग यस विषयमा कुराकानी गरेको उनले जानकारी दिए ।

अमेरिकी सैनिकहरूले मदुरोलाई पक्राउ गरेको र उनीविरुद्ध अमेरिकामै फौजदारी कानूनी प्रक्रिया चल्ने लीले रुबियोलाई उद्धृत गर्दै बताए । आज अमेरिकाले भेनेजुएलामा आफ्ना सैनिकहरूको प्रतिरोधको सम्भावनालाई रोक्नका लागि हवाई आक्रमण गरेको जानकारी पनि लीले दिए ।

मदुरोविरुद्ध लागूऔषध तस्करीको मुद्दा चलाइनेछ ।

अमेरिकी सेनालाई वास्तविक वा आसन्न आक्रमणबाट संरक्षण गर्नका लागि राष्ट्रपतिले संविधानको धारा २ मा निहित अधिकार उपयोग गरी यस कार्यको अनुमति दिएको लीले बताए ।