पर्यटन बोर्डको सीईओ बन्न चाहन्थिन् श्रेष्ठ, बनिन् मन्त्री

1.8k
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न चाहेकी बोर्डकी कर्मचारी श्रद्धा श्रेष्ठ मन्त्री बनेकी छन्

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेकी हुन र श्रेष्ठ मन्त्री बनेकी हुन् ।

शुक्रबार शीतल निवासमा श्रेष्ठसहित ४ जनाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

श्रद्धालाई महिला तथा बालबालिका मन्त्री बनेकी छन् ।

हालका पर्यटन बोर्डका सीईओ दीपकराज जोशीसँगको प्रतिस्पर्धामा श्रेष्ठ पनि थिइन् । हाल श्रेष्ठ पर्यटन बोर्डमा वरिष्ठ प्रबन्धक छिन् ।

२० वर्षदेखि पर्यटन बोर्डमा कार्यरत श्रेष्ठ ७ वर्षअघि वरिष्ठ प्रबन्धकमा बढुवा भएकी थिइन् ।