सिद्धार्थ बैंकको साधारण सभा सम्पन्न, लाभांश वितरणको निर्णय


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कार्तिक ३० गते काठमाडौं, भद्रकाली स्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो0 ।

बैंकको हाल कायम रहेको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार१९० रुपैयाँमा ५ प्रतिशत बराबरको ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँ बोनस सेयर तथा ५.५३ प्रतिशत बराबरको ७७ करोड ९१ लाख ७५ लाख ९०५ रुपैयाँ नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु बैठकले पारित गरेको छ ।