
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी बल प्रमुख राजुनाथ पाण्डेको निलम्बन फुकुवा भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले निलम्बनको कारबाहीलाई निरन्तरता दिनुपर्ने ठोस कारण नदेखिएको भन्दै निलम्बन फुकुवा गरेका हुन् ।
महानगरको विवादमाझ गुरागाईंले पाण्डेलाई निलम्बन गरेका थिए । जसको विरूद्धमा उनी पाटन उच्च अदालत गएका थिए ।
पाण्डेलाई गुरागाईंले ६ महिनाका लागि निलम्बनमा राखेका थिए । प्रशासकीय अधिकृत गुरागाईंले त्यसअघि कार्यालय प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टिकरण सोधेका थिए ।
त्यसपछि पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँद्वारा गरिएको निलम्बनको निर्णयविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका थिए । रिट सम्बन्धमा जेठ २७ गते पाटन उच्च अदालतको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । असार ४ गते उच्च अदालत पाटनले पाण्डेलाई पुनः आफ्नो पदमा फर्काएर काम गर्न दिने अन्तरिम आदेश दिएको थियो ।
रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उनलाई निलम्बन नगर्न र वर्तमान पदमै यथावत् राख्न महानगरपालिकालाई निर्देशन दिएको थियो ।
यता गुरागाईंले पाण्डेको निलम्बन असोज २८ गते फुकुवा गरिसकेका छन् ।
‘प्रस्तुत विषयमा तपाईंलाई मिति २०८२/०२/२० गतेको च.नं ४१७१ को पत्र मार्फत निलम्बन गरिएकोमा उच्च अदालत पाटनको प.सं. २०८१/८२ च.नं. ६५२० मिति २०८२/०३/०४ गतेको पत्र प्राप्त भई सो अन्तरिम आदेश को पालना गर्दै मिति २०८२/०३/१० गतेको च.नं. १९९३ को पत्र मार्फत निलम्बन फुकुवा गरिएको तथा निलम्बन गरिएको कारण/विषयका सम्बन्धमा जाँचबुझ गर्न गठन गरिएको जाँचबुझ समितिबाट मिति २०८२/०४/२८ गते प्राप्त प्रतिवेदनमा निलम्बनको कारवाही लाई निरन्तरता दिनु पर्ने ठोस कारण नदेखिएको जाँचबुज प्रतिवेदनबाट प्राप्त हुन आएकोले अन्य कुनै किसिमको कारवाही गर्ने आधार समेत नदेखिएको जानकारी गराउँछु,’ गुरागाईंले निलम्बन फुकुवा गरेको पत्रमा भनेका छन् ।
महानगर प्रहरी प्रमुख महानगरको प्रमुख प्रकाशकीय प्रमुखप्रति उत्तरदायी हुने कानुनी व्यवस्था छ । प्रशासकीय अधिकृत गुरागाईंले यसअघि प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टिकरण सोधेका थिए । महानगर प्रहरी प्रमुख महानगरको प्रमुख प्रकाशकीय प्रमुखप्रति उत्तरदायी हुने कानुनी व्यवस्था छ । प्रशासकीय अधिकृत गुरागाईंले यसअघि प्रवेश गर्न अवरोध पुर्याएको भन्दै पाण्डेलाई स्पष्टिकरण सोधेका थिए ।
यता निलम्बन फुकुवा भएसँगै पाण्डेले निलम्बनविरुद्ध दायर गरेको रिट उच्च अदालत पाटनले खारेज गरेको छ ।
न्यायाधीश डालबहादुर खड्का र दीपक खनालको संयुक्त इजलासले बुधवार सुनुवाइ गर्दै पाण्डेको रिट खारेज गरेको हो ।
गुरागाईंले शुरुमा स्पष्टिकरण सोधेका थिए भने स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेका थिए ।








प्रतिक्रिया