जेनजी प्रदर्शनको असर सेयर बजारमा, दुबै पुनर्बिमा कम्पनीको मूल्यमा नकारात्मक सर्किट

280
Shares

काठमाडौं । सेयर बजारमा दोस्रो नकारात्मक सर्किट ब्रेक लाग्दा दुबै पुनर्बिमा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

जेनजी प्रदर्शनका कारण बिमा कम्पनीहरुको ठुलो दाबी पर्ने देखिएको छ भने बिमा कम्पनीको साथमा पुनर्बिमा कम्पनीले पनि धेरै रकमको क्षति बेहोर्नुपर्ने स्थिति छ ।

सो स्थितिलाई मध्येनजर गर्दै लगानीकर्ताले सेयर बिक्री गर्न थालेपछि दुबै कम्पनीको सेयर मूल्यमा नकारात्म सर्किट लागेको हो ।

हालसम्म नेपाल रिइन्स्योरेन्स कम्पनी, हिमालयन रिइन्स्योरेन्स कम्पनी र ग्रिन भेन्चर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ प्रतिशतले घट्दा पनि हिमस्टार उर्जा कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

अहिले, नेप्सेमा दोस्रो नकारात्मक सर्किट ब्रेक लागेर कारोबार रोकिएको छ । बिहीबार बजार खुलेको दोस्रो मिनेटमा नै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० १०७।०४ अंक अर्थात् ४ प्रतिशतले घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो ।

त्यसपछि, २० मिनेट रोकिएर खुलेको सेयर बजारमा पुःन दोस्रो नकारात्मक सर्किट लागेको हो । २० मिनेपछि खुलेको बजार केही मिनेटमा नै १३३।६३ अंक अर्थात् ५ प्रतिशतले घटेर दोस्रो नकारात्मक सर्किट लागेको हो ।

दोस्रो नकारात्मक सर्किट लाग्दा नेप्से १३३।६१ अंकले घटेर २५३८.६३ बिन्दुमा झरेको छ । अब बजार ४० मिनेटपछि मात्रै खुल्नेछ ।

कारोबार खुलेको पहिलो एक घण्टाभित्र बजार परिसूचक नेप्से ४ प्रतिशतले घटेमा वा बढेमा सर्किट लाग्ने व्यवस्था छ र २० मिनेटका लागि कारोबार रोकिन्छ ।

यसपछि, कारोबार खुलेको दोस्रो घण्टाभित्र पाँच प्रतिशतले घटेमा वा बढेमा ४० मिनेटका लागि कारोबार रोेकिने व्यवस्था छ । त्यस्तै, ६ प्रतिशतले बजार घटेमा वा बढेमा भने सो दिनका लागि बजार बन्द हुन्छ ।

भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनको असर सेयर बजारमा देखिएको छ । बजार उच्च अंकले घट्ने भन्दै कतिपय लगानीकर्ताले तत्काल बजार नखुलाउन आग्रह गर्दै आएका थिए ।