प्रिओपनमा ३४.२७ अंकले घट्यो नेप्से

काठमाडौं । प्रिओपन सेसनमै सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३४ अंकले घटेको छ । नौ दिनपछि बिहीबार खुलेको बजारको प्रिओपन सेसनमै नेप्से ३४.२७ अंक अर्थात् १.२८ प्रतिशतले घटेर २६३७.९७ बिन्दुमा कायम भएको छ । प्रिओपनमा १३ कम्पनीको सेयर मूल्य बढ्दा १४९ कम्पनीको घटेको छ र २ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।