उद्योगीबाट डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने कुलमानको पहिलो निर्णय

294
Shares

काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता असुल्ने निर्णय गरेका छन् ।

सोमबार ऊर्जा मन्त्रीको सपथ लिएपछि सिंहदरबारमा पदबहाली गरेका मन्त्री घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेका हुन् ।

घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता असुल्ने प्रयास गरेका थिए । डेडिकेटेड ट्रंकलाइन उपभोग गरेबापत उद्योगीले २२ अर्ब रुपैयाँ तिर्न बाँकी छ । तर उद्योगी व्यवसायीले भने प्राधिकरणले उपलब्ध गराएको बिल नै फर्जी भएको दाबी गर्दै आएका छन् ।