ओलीले नियुक्त गरेका महान्यायधिवक्ता बडालले दिए राजीनामा

0
Shares

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा २०८१ साउन २ गते राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका बडालले भदौ २४ गते राजीनामा दिएका हुन् ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सहमहान्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीका अनुसार बडालको राजीनामा सम्बन्धी जानकारी आइतबार राष्ट्रपति कार्यालयबाट कार्यालयमा प्राप्त भएको छ।