
काठमाडौं । नक्सालस्थित हिल्टन होटलमा आगजनी भएको छ । प्रदर्शनमा उत्रिएका जेनजीहरूले केहीबेरअघि उक्त होटलमा आगो लगाएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको लगानी रहेको चर्चा केही समयअघि चलेपछि रिसाएका प्रदर्शनकारीले होटलमा तोडफोड गरेका हुन् ।
अहिले काठमाडौंसहित देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरूले शीर्ष नेताका घर, पार्टी कार्यालय तथा प्रहरी कार्यालयमा लगातार ढुंगामुढा गरिरहेका छन् ।








प्रतिक्रिया