
काठमाडौं । जेनजी आन्दोलन दोस्रो दिन मंगलबार प्रदर्शनकारीले विभिन्न राजनीतिक दलका शीर्ष नेता र मन्त्रीहरूको निवासलाई लक्षित गर्दै तोडफोड गरेका छन् । काठमाडौं उपत्यका मात्र नभई बाहिरका जिल्लाहरूमा समेत उनीहरूले नेताका घर, पार्टी कार्यालय लगायतमा ढुंगा प्रहार र आगजनी गरेका छन् ।
ललितपुरस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको भैसेपाटीस्थित घरमा ढुंगा प्रहार भएको छ ।
सोमबार मात्रै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको निवासमा पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् ।
पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासतर्फ प्रदर्शनकारी पुगेका छन् ।
माओवादी अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटारस्थित घरमा पनि ढुंगा प्रहार भएको छ ।
नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आगजनी भएको छ भने प्रधानमन्त्री केपी ओलीको निजी निवासमा पनि प्रदर्शनकारीले ढुंगामुढा गरेका छन् । जिल्ला जिल्लामा एमाले, कांग्रेस, रास्वपा, राप्रपा लगायतका पार्टी कार्यालयमा आगजनी भएको छ ।








प्रतिक्रिया